काभ्रे,
जिल्ला प्रशासन कार्यालय काभ्रेबाट गैरआवासीय नेपाली नागरिकता नागरिकता वितरण सुरु गरीएको छ । हिजो क्यानडा बसोबास गरिरहेका बनेपा नगरपालिका ९ का ६७ वर्षीय श्यामकृष्ण डंगोललाई नागरिकता वितरण गरेर यसको सुरुवात गरिएको हो । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० पारित भएर राजपत्रमा प्रकाशित भएपछि गैरआवासीय नेपाली (एनआरएन) हरुका लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने बाटो खुला भएको थियो ।
गैरआवासीय नेपाली नागरिकताको प्रावधान नेपालको इतिहासमै पहिलो हो । नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ अनुसार गैरआवासीय नेपालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने छन् । गैरआवासीय नेपाली नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् ।