रोशी सहकर्मी–साउन १५,
२०७७,काभ्रे/

के तपाई माक्स नलागाई बजार निस्कदै हुनुहुन्छ ? यदी भोलीबाट कसैले केही गर्दैन, भनेर माक्स नलगाई बजार हिड्नुभयो भने एक सय रुपियाँ तिर्नुपर्ने हुन्छ ।

लकडाउन खुलेसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले माक्स नलगाई हिड्नेलाई सम्झाई बुझाई मात्र गर्दै आएकोमा भोली (शुक्रबार) देखी माक्स नलगाएकालाई एक सय रुपियाँ जरिवान लिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले जति सम्झाउँदा पनि नमानेपछि शुक्रबारबाट माक्स नलगाई बजार हिड्नेलाई एक सय रुपियाँ जरिवान लिने बताउनुभयो । जिल्लाका मुख्य मुख्य बजार बनेपा, धुलिखेल, पनौती, पाँचखाल, भकुण्डे, कुन्ता लगायत अन्य ठाउँमा पनि जरिवाना लिइने प्रहरीले जनाएको छ ।

लकडाउन खुलेपनि कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले माक्स नलगाउनेसँग जरिवान लिने भएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जरिवानाबाट उठेको रकम राजश्वमा जम्मा हुने जानकारी दिए ।

Facebook Comments Box