रोशी सहकर्मी–साउन १५,
२०७७,काभ्रे/

आज बिहान पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकाको सिमाना बेला डाँडामा मृत अवस्थामा भेटिएका वृद्धको पहिचान खुलेको छ । उनि धुलिखेल नगरपलिका वडा नं ११ का ५४ वर्षिय कामी सिं तामाङको रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं १० बेलामा एक बिहान ५ बेजेको समयमा वृद्धको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

मृत अवस्थामा भेटिएका ती व्यक्तिको टाउको र अनुहार लगायत शरीरका अन्य ठाउँमा घाउ चोट छ । शवको प्रकृति हेर्दा हत्या गरेर झाडीमा फालेको हुन सक्ने प्रहरीले जनाएको छ तर मृतकका परिवारले भने परिवार सबै सामान्य किसान भएको र यसरी हत्या नै गर्नुपर्ने सम्माको दुस्मनी कोहि सँग नभएको बताएको छ ।

घटनास्थलमा मोबाईल, पेटी, छातासमेत भेटिएको थियो । मोबाईलको सहयोगमा मृतकको पहिचान भएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको जिल्लन प्रहरी कार्यलयका एसपी रवि कुमार पौडेलले जनाकारी दिए ।

सम्बन्धित समाचार:

काभ्रेः पाँचखालको बेलामा एक वृद्धको शव फेला, हत्याको आशंका

Facebook Comments Box