रोशी सहकर्मी–साउन २१,
२०७७,कटुञ्जेवेशी/

जिल्ला प्रशासन कार्यलय काभ्रेले मंगलबार बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुमागाई खतिवडाको टोलीले रोशी गाउँपालिका स्थित बिपी राजमार्ग भित्र रहेका कटुन्जेबेशी र नार्के बाजारमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा नार्के बजारमा रहेको राज कुमार श्रेष्ठले सञ्चालन गर्दै आएको राज कुमार खाजा घरमा म्याद सकिएको तोरीको तेल बरामद गरि नष्ट गरिको छ । यसैगरी टोलीले सोही स्थानमा सञ्चालित अञ्जु नर्सिङ होमलाई १५ दिन भित्र गाउँपालिकामा उपस्थित भई व्यबसाय सुचिकृत गराउन समेत निर्देशन दिएको छ ।

उक्त नर्सिङ होमको विषयमा स्थानियले गाउँपालिकामा गुनासो गरे पछि टोलीले अनुगमन गरेको हो । टोलीले अनुगमन गर्दा नर्सिङ होममा हुनु पर्ने आवश्यका सरसफाई नभएको र गाउँपालिकामा सुचिकृत नभएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुमागाई खतिवडाले जानकारी दिइन् । अनुगमन गरिएका सबै पसलहरुलाई मापदण्ड अनुरुप संचालन गर्न निर्देशन दिएको छ ।

यसैबिच टोलीले रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा स्थापना गरेको क्वारेन्टाईन् समेत अवलोकन गरेको थियो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यलय काभ्रेका प्रमुख केशब प्रसाद पुडासैनी, काभ्रे उद्योग वाणिज्य संघका प्रतिनिधि,रोशी गाउँपालिका प्रमुख गंगा लाल श्रेष्ठ , पत्रकार समेत उपस्थित रहेका थिए ।

Facebook Comments Box