यश कुमार परियार–साउन २२,
२०७७,काभ्रे/

काभ्रेको बनेपा नगरपालिका वडा नं १० जनागालका एक २० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार संक्रमित पुरुष बारा जिल्लाका हुन् ।

उनी जनागालको ग्यारेजमा काम गर्दै आईरहेका थिए ।

कोरोना संक्रमण पुष्टि भएका पुरुष क्वारेन्टाईनमा नभई आफ्नै कोठामा बस्दै आएको डा.झाले जानकारी दिए ।

संक्रमित पुरुषलाई धुलिखेल अस्पताल लगिएको बनेपा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यस्वर मकैले जानकारी दिए ।

थप विवतरण आउन बाँकि रहेको छ ।

Facebook Comments