रोशी सहकर्मी-साउन २३,
२०७७,काभ्रे/

बेथानचोक गाउँपालिकाको क्‍वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेकी छिन् । १७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती क्‍वारेन्टाइनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरिले जनाएको छ ।

युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकी तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवि कुमार पौडेल जानकारी दिए । उनका अनुसार आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।

Facebook Comments Box