यश कुमार परियार-साउन २४,
२०७७,काभ्रे/

नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्य समितीले नगर भित्र संचालित विद्यालयहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रम गर्दै समितिले नगर भित्र संचालित सामुदायिक साथै निजि विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरूको लागी मास्क र सेनिटाइजर बितरण गरिएको नगर समितिका अध्यक्ष दिनेश अधिकारीले जानकारी दिए ।

उक्त मास्क र स्यानिटाईजर नेपाली कांग्रेस जिल्ल कार्यसमिति सदस्य द्वय सन्तमान तामाङ, दिनेश भुर्तेल, नेपाल तरुण दल नमोबुद्ध नगर सभापती मनिक लामाले सहयोग गरेका थिए ।

नेपाली कांग्रेस नगर सभापति कुन्साङ लामाको प्रमुख अतिथ्यता, नेपाल शिक्षक संघ नमोबुद्ध नगर समिति अध्यक्ष दिनेश प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष राजेश राज महत, पूर्व माननीय हर्षजीत लामा, नेवि संघका क्षेत्रीय सभापति बिद्या सागर लामा, नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं उपसचिव जनार्दन रिजाल, महासंघ अध्यक्ष पंच सिं लामा, इकाई सभापति रामेश्वर अधिकारी, पुर्व जिल्ला सदस्यहरु, विद्यालयका प्रधानाध्यापक र शिक्षक लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments