Sunday, May 3, 2026
Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

लैंगिक हिंसा बिरुद्धको अभियानमा रोशीमा वक्तृत्वकला प्रतियोगिता

RadioRoshi by RadioRoshi
आइतवार, मंसिर २४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
लैंगिक हिंसा बिरुद्धको अभियानमा रोशीमा वक्तृत्वकला प्रतियोगिता
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । रोशी गाउँपालिकाको आयोजना तथा माईती नेपालको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालवालिकामा लगानीको ऐक्यवद्धता भन्ने नाराका साथ अन्तर माध्यामिक स्तरीय वक्तिृत्वकला प्रतियोगता सम्पन्न भएको छ । आईतबार गाउँपालिका भरीको मध्यामिक विद्यालयहरूको सहभागितामा वक्तृत्वकला प्रतियोगिता भएको थियो । गाउँपालिका भरी १८ वटा माध्यामिक विद्यालय रहेकोमा १३ वटा विद्यालय सहभागी भएको थियो ।
सो प्रतियोगितामा विन्दावासिनी माध्यामिक विद्यालयकी वविता विक प्रथम भएकी छिन् । प्रतियोगितामा १५० पूर्णाङ्क रहेकोमा विकले १०१ दशमलव ५ नम्बर ल्याएर प्रथम भएकी हुन् । त्यसरी नै चेतना माध्यामिक विद्यालयकी छात्रा डोल्मा लामा द्वितीय र हरिशिद्धि माध्यामिक विद्यालयकी छात्रा मनिता तामाङ तेस्रो भएकी छिन् । लामाले ९४ दशमलव ५ र तामाङले ९१ दशमलव ५ अंक प्राप्त गरेकी थिईन् । प्रथम, द्वितीय र तृतीयले क्रमश ५ हजार, १० हजार र १५ हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् ।
वक्तृत्वकला प्रतियागिताको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले समाजमा कुनै पनि सन्देश पुर्याउनु छ भने विद्यालयका छात्र÷छात्राहरू मार्फत गएमा छिटो र सकारात्मक सन्देश पुग्ने बताउनुभयो । ‘समाजमा कुनै पनि सूचना फैलाउनु छ भने विद्यालयका छात्र÷छात्राहरू मार्फत गयो भने छिटै र सकारात्मक सन्देश फैलनेछ ।’ गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो । ‘लैंगिक हिंसा बिरुद्धको अभियानमा समाज रुपान्तरणका लागि हामीले विद्यालयका छात्र÷छात्राहरू मार्फत जाने अभ्यास गरेका हौँ । त्यसैले यो प्रतियोगिताले सकारात्मक सन्देश जान्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ विद्यार्थीहरूलाई पाठ्यक्रम भन्दा बाहिरको शिक्षा तथा ज्ञान पनि अपरिहार्य भएकाले पनि यो प्रतियोगिताको आयोजना गरेको लामाले बताउनुभयो । हिजोको अवस्थाबाट आजसम्म आईपुग्दा समाजमा विस्तारै समाजमा चेतनाको बिकाश हुदै गएको उँहाको भनाई छ । त्यसकै फलस्वरुप प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय छात्राहरू भएको अध्यक्ष लामाले बताउनुभयो ।
वत्तृत्वकला प्रतियोगितामा सहभागी छात्र छात्राहरूको वत्तृत्व कला देख्दा नेपाल सरकारले रोजेको नारालाई साकार पारेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताउनुयो । देश बिकासका लागि समाजमा नकारात्मक सन्देशहरूलाई निरत्साहित गर्दै सकारात्मक सन्देशलाई फैलाउदै जानुपर्ने उनले बताउनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष गुणराज मुक्तानले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा रोशी गाउँपालिकाले वत्तृत्वकला प्रतियोगिता राखेर राम्रो सन्देश दिएको बताउनुभयो । सामुदायिक विद्यालयको गुणस्तर बृद्धिको लागि स्थानीय सरकारले विद्यालयमा यस्ता कार्यक्रमको आयोजना आगामी दिनमा पनि गर्दै जानुपर्ने उँहाको भनाई छ ।
रोशी माध्यामिक विद्यालयको प्रांगणमा भएको सो कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिन लगायत विभन्न विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूको सहभागीता रहेका थिए ।

You might also like

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

Previous Post

सामाजिक सञ्जाल ह्याक हुने क्रम बढ्योः सचेत हुन प्रहरीको अनुरोध

Next Post

दिवङ्गत पितृको सम्मानमा देशभरका शिवालयमा शतबीज छरिँदै

RadioRoshi

RadioRoshi

Related Posts

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
दिवङ्गत पितृको सम्मानमा देशभरका शिवालयमा शतबीज छरिँदै

दिवङ्गत पितृको सम्मानमा देशभरका शिवालयमा शतबीज छरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

शुक्रबार, भदौ १७, २०७९
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

बिहिबार, जेष्ठ २३, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.