रोशी सहकर्मी–साउन २७,
२०७७,ढुर्खक/

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा न २ ढुर्खकमा गत शुक्रबार क्वारेन्टाइन मै आत्महत्या भएको घट्नास्थलको निरीक्षण गर्न जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रका पदाधिकारीले पुगेका छन । आज उक्त घट्नाको निरीक्षण तथा पीडित परिवारसँग भेटन टोली घट्नास्थल पुगेको हो ।

जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको नेतृत्वमा जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जू, स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झा, जिल्ला प्रहरी कार्यालयका प्रमुख रविकुमार पौड्ेल, धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकार, नेपाली सेना विष्णु दल गणका प्रतिनिधि, सशस्त्र प्रहरी १५ नम्बर गणका प्रमुख लगायतले उक्त घट्नास्थलको निरीक्षण तथा पीडित परिवारसँग भेट गरेका थिए । टोलीले गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा अध्यक्षहरु, स्वास्थ्य चौकीका कर्मचारी, पीडित परिवारसँग घट्नाको बारेमा जानकारी लिएको थियो ।

बेथानचोक वडा न ४ निवासी २१ बर्षीय युवती साउन १७ गते दुबईबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएकी थिइन । उनले साउन २३ गते दिउँसो २ बजे क्वारेन्टाइनको सिलिङ्गमा झुन्डिएर आत्महत्या गरेकी थिइन ।

Facebook Comments