रोशी सहकर्मी–कार्तिक २५
भकुण्डे/

जिल्लाको नमोबुद्ध नगरपालीकाको सभाहलमा अभिभावक कक्षाका सहभागीताहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । नाङशाल एशोसिएसन नेपालको आयोजनामा सेभ द चिल्ड्रेनको सहयोग र नमोबुद्ध नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । यस कार्यक्रम अन्तर्गत दलित घर परिवारका ५ वर्ष मुनीका बालवालिकालाई कसरी हेरचाह गर्ने भन्ने बिषयमा ११७ अभिभावकहरुमा प्रशिक्षण दिइएको थियो ।
नगर प्रमुख टि.पि.शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नाङशाल एशोसिएसन नेपालका अध्यक्ष दिनेश लामाको सभाध्यक्षता रहेको थियो । १० हप्ता सम्म सञ्चालित यस कक्षामा ३ वटा पोषण तथा सरसफाई सम्बन्धित र १० वटा नेपाल सरकारको सामाजिक सुरक्षाको विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा संलग्न ११७ जना अभिभावकहरुलाई प्रमुख अतिथि नगर प्रमुख टि.पि.शर्मा तिमल्सिनाले प्रमाण पत्र वितरण गर्दै वालवालिकालाई हेरचाह गर्ने विषमा केन्द्रित यस कार्यक्रमले आफु खुसी भएको बताउ । बालवालिकाहरु भनेका भोलीका कर्णधार हुन् भन्दै यस्तो काम गरेकोमा संस्थालाई धन्यवाद साथै शुभकामना दिए ।
त्यस्तै उपप्रमुख राम देवी तामाङले आज वालवालिकालाई उचित हेरचाह गर्न सकेमा भोली उनिहरुको व्यक्तित्व विकाशमा सहयोग पुग्ने बताईन । महिलाहरुको क्षेत्रमा, उनिहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले सधैँ साथ दिने पनि बताईन् । १० हप्ताको कक्षामा सहभागी मध्य कमला परियारले कार्यक्रमको उपलब्धिबारे सुनाएकी थिइन् ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष सञ्जिब ढकाल, वडा नं ४ का अध्यक्ष उद्धव काफ्ले, वडा नं ७ का वडा अध्यक्ष धर्म जङ्ग तामाङ, वडा नं १० का वडा अध्यक्ष राम कृष्ण उपाध्याय, शिक्षा शाखा प्रमुख जनार्जन रिजाल, नाङशाल एशोसिएसन नेपालका कार्यक्रम संयोजक टि.आर. खतिवडाको उपस्थिती रहेको थियो । कार्यक्रममा नाङशाल एशोसिएसन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तानले स्वागत मन्तव्य राखेका थिए भने पहँुच परियोजना कार्यक्रम संयोजक बिमला सापकोटाले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

Facebook Comments Box