रोशी सहकर्मी–भदौ ९,
२०७७,सल्लेभुम्लु/

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाको कार्यपालिकावाट दिदै आएको सेवा बन्द गरिएको सूचना जारी गरेको छ । गाउँपालिकाको वडा नं ६, ८ र १० का स्थानीय बासिन्दा तथा गाँउपालिकाको कर्मचारी समेतलाई कोरोनाको संक्रमण देखिएकाले र बाँकी समुदायमा समेत संक्रमण फैलने सक्ने प्रवल संम्भावना देखिएकाले गाउँपालिकाको भदौ ९ गतेको निर्णय अनुसार अर्काे सूचना जारी नभएसम्मको लागि गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको गाउँपालिका अध्यक्ष गुमानध्वज कुंवरले बताउनुभयो ।

अब कन्ट्राक ट्रेसिङ लगायतको काम स्वास्थ्यका कर्मचारीहरुले सुरु गर्ने तथा अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर नस्किन उहाँले अनुरोध समेत गर्नुभएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाइले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेकका अरु सेवाहरु बन्द भएको उल्लेख छ ।

Facebook Comments