जेठ १२
२०७८,काभ्रे
कटुन्जेबेशी
गाउँपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोशी गाउँपालिका क्षेत्र पुनः एक हप्ता पूर्ण रुपमा शिल गरिएको छ । गाउँपालिका क्षेत्रमा आज जेठ १२ गते राती १२ः०० बजेदेखि जेठ १९ गते राती १२ः०० बजेसम्मका लागि शिल गरेको हो । गाउँपालिकाले जेठ ७ बाट लगाएको शिल आज राती १२ बजेबाट सकिदैँ छ ।
गाउँपालिका अध्यक्ष डीबी लामाद्धारा जारी सूचनामा गाउँपालिका क्षेत्र पुनः एक हप्ताका लागि पूर्ण रुपमा शिल गरिएको उल्लेख छ । सूचनामा भनिएको छ, ‘सिल अवधिमा अत्यावश्यक सेवा र औषधी पसल बाहेकका व्यवसाय पूर्ण बन्द गर्ने, तरकारी–फलफुल–खाद्यान्न पसल यस अघि निर्धारित समय भित्र मात्र सञ्चालन गर्ने फोहोर मैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र बिद्युतको सेवा दिने कार्यहरु पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै दुध संकलकहरुले प्रत्येक बिहान ६ बजेदेखी ७ बजेसम्म कृषकहरुलाई आलोपालो व्यवस्था मिलाई दुध संकलन गर्ने र संकलन पश्चात संकलन केन्द्र पूर्णरुपमा बन्द गर्ने सूचनामा भनिएको छ । गाउँपालिकाले शिल अवधिभर राती ९ बजेबाट बिहान ५ बजेसम्म मात्र प्राथमिक प्राप्त विकास निर्माणका आयोजनाहरुमा सामग्री ढुवानी गर्ने समय सीमा तोकेको छ । शिल अवधिमा अत्यावश्यक काम बाहेक सर्वसाधरणलाई घर बाहिर ननिस्कन गाउँपालिकालेअनुरोध गरेको छ ।

Facebook Comments Box