यश कुमार परियार–फागुन १३,
२०७६,नमोबुद्ध/

नमोबुद्ध नगरपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २८ पदकका साथ जनक माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै १७ पदकका साथ जनहित माध्यमिक विद्यालय दोश्रो र १६ पदकका साथ कृष्ण माध्यमिक विद्यालय तेश्रो भएका छन् ।
प्रथम भएको जनक विद्यालयले १४ स्वर्ण, ७ रजत तथा ७ कास्य पदक जितेको छ । दाश्रो हुने जनहित विद्यालयले ७ स्वर्ण, ६ रजत तथा ४ कास्य पदक जितेको छ भने तेश्रो हुने कृष्ण विद्यालयले ४ स्वर्ण, ६ रजत तथा ६ कास्य पदक जितेको छ ।
१२ वटा विद्यालय सहभागि प्रतियोगितामा मथुरापाटी माविले १ स्वर्ण १ रजत र १ कास्य पदक, लक्ष्मी नारायण माविले २ कास्य पदक, जनकल्याण माविले २ रजत र १ कास्य पदक, बाल उज्जल माविले ३ स्वर्ण ५ रजत र १ कास्य पदक, बुद्ध एकेडेमीले १ रजत पदक, श्री राम माविले ४ कास्य पदक, सातमुल माविले १ रजत र ४ कास्य पदक, कानपुर माविले १ स्वर्ण पदक जिते । नव प्रतिभा विद्या मन्दिरले भने कुनै पनि पदक जित्न सकेन ।
पदक विजेता खेलाडीहरुलाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई, शिक्षा तथा खेलकुद शाखा जनार्दन रिजाल, विभिन्न वडाका अध्यक्षहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

Facebook Comments