रोशी सहकर्मी–भदौ १०,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिला छन् ।

उनको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको सूर्यविनायक नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए ।

गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । थाइराइडको उपचारका लागि गएकी ती महिलामा अस्पतालमै संक्रमण भएको हुन सक्ने थापा बताउँछन् । महिलाको परिवारका सात सदस्यको पीसीआर परीक्षणका लागि मंगलबार नै नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरिसकेको उनले जानकारी दिए ।

Facebook Comments Box