रोशी सहकर्मी–भदौ ११,
२०७७,काभ्रे/

काभ्रेका एक पूर्व राज्यमन्त्रीलाई कोरोना पुष्टि भएको छ । काठमाडौंमा उपचार गरिरहेका उनलाई भदौ १० गते टेकु प्रयोगशालामा गरिएको परीक्षणमा सङक्रमण पुष्टि भएको हो । उनको काठमाडौंमा उपचार भइरहेको स्वास्थ्य कार्यालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । उनलाई घरमा पनि ज्वरो आएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

परिवार स्रोतका अनुसार भर्ना गर्नु अगाडि गरिएको परीक्षणमा कोरोना नेभेटिभ देखिएको थियो । परिवारका अनुसार उनको स्वास्थ्य सामान्य बन्दै गएको छ । काभ्रेमा बिहीबार साँझ सम्ममा एक सय ९० जनामा संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । अहिले सम्म ६९ जना कोरोना जितेर घर फर्किएका छन । पूर्व राज्यमन्त्रीको कन्ट्याकमा रहेकाको कन्ट्याक टे«सिङ्ग गरिने डा. झाले जानकारी दिए ।

Facebook Comments