रोशी सहकर्मी–भदौ १६,
२०७७,खोटाङ/

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नासपातीबाट जुस र पेरी उत्पादनको तयारी थालिएको छ । गाउँघमा प्रसस्त मात्रामा उत्पादित नासपातीलाई सदुपयोग गर्दै आम्दानीको श्रोतकारुपमा बिकास गर्नका लागि स्थानीय जनसेवा कृषि सहकारी संस्थाले नासपातीको जुस तथा पेरी उत्पादनको तयारी गरेको हो।

नासपातीबाट जुस र पेरी उत्पादनका लागि हाते मेसिन तथा विद्युतबाट सञ्चालन हुने मेसिन खरिद गरेर नासपानी संकलन सुरु गरिएको जालपाकासंस्थाले जनाएको छ । जुस र पेरी उत्पादनका लागि नासपाती खरिद सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् ।हाल नासपाती संकलन गरी औपचारिकरुपमा जुस र पेरी उत्पादन, लेवलिङ, बोटलिङ र बजारीकरणको काम सुरु गरी जनसेवा कृषि सहकारी संस्थाले जनाएको छ ।

Facebook Comments