रोशी सहकर्मी–भदौ १८,
२०७७,काभ्रे/

काभ्रेमा विहिबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका अनुसार संक्रमितहरु धुलिखेल नगरपालिकामा ४ जना, पनौती नगरपालिकाका २ जना र शसस्त्र प्रहरी बल १५ नं बाहिनी पाँचखालमा कार्यरत २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै काभ्रेमा २ सय ९४ जना कोरोनाबाट संक्रमित भएका छन् । यसैगरी जिल्लामा निको हुनेको संख्या पनि वृद्धि भएको छ । बिहिबार सम्म काभ्रेमा १ सय १० जना निको भएर घर फर्किएका छन् ।

Facebook Comments