रोशी सहकर्मी–भदौ १९,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्र कुमार झाका अनुसार संक्रमण पुष्टि हुनेमा धुलिखेल नगरपालिकाका २ जना, नमोबुद्ध नगरपालिकाका १ जना, पाँचखाल नगरपलिकाका १ जना र रोशी गाउँपालिकाका १ जना रहेका छन् ।

संक्रमण पुष्टि हुने ५ जना मध्ये ४ जना सरकारी कर्मचारी रहेको खुलेको छ । धुलिखेल नगरपालिकामा १ जना पुरुष र १ जना महिला सरकारी कर्मचारीमा कन्ट्याक ट्रेसिङमा परेर जाँच्दा पोजेटिभ देखाएको हो । नमोबुद्ध नगरपालिकामा पनि एक महिला कर्मचारीमा कोरोना संक्रमित देखिएको छ । पाँचखाल नगरपालिका वडा नं १० बालुवाका १ पुरुषमा संक्रमण देखिएको छ । यस्तै रोशी गाउँपालिका–१ ठेगानाका अर्का संक्रमित धुलिखेल नगरपालिका खड्पुमा बसोबास गर्ने सरकारी कर्मचारी नै हुन ।

यो सँगै आज दिउँसो सम्म काभ्रेमा संक्रमितको संख्या २ सय ९९ पुगेको छ ।

यसैबिच आज जिल्लाका विभिन्न स्थानमा मास्क नलगाई हिडेका ४७ पुरुष र ३२ जना महिला गरी ७९ जनालाई प्रहरीले सम्झाई बुझाई छाडेको छ ।

Facebook Comments Box