यश कुमार परियार–भदौ २१,
२०७७,काभ्रे/

गत मंगलबार १६ गते कोरोना पोजेटिभ आएकी रोशी गाउँपालिका वडा नं ९ निवासी महिलाको कन्ट्याकमा आएका १४ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा उपचार गराउन गएकी ४५ वर्षिय एक महिलामा गत मंगलबार कोरोना पुष्टि भए पछि उनि सोहि अस्पतालमा उपचाररत छिन् ।

महिलामा कोरोना पुष्टि भए लगतै गाउँपालिकाले संक्रमित महिलाको घर तथा विपी राजमार्ग सिल गरी उनको कन्ट्याकमा आएका १४ जनाको स्वाव संकलन गरी परिक्षणको लागि पठाएकोमा आज सबैजनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको पुष्टि भएको गाउँपालिका अध्यक्ष डि.बि. लामाले सुचना जारी गर्दै जानकारी दिए ।

साथै सुचनामा संक्रमित महिलाको कन्ट्याकमा आएकाहरुको स्वाव रिपोर्ट नआउञ्जेल सम्म विपि राजमार्ग भित्रका वजार बन्द गराएको भएपनि अब भने नेपाल सरकारको मापदण्ड अनुसार खोल्न दिने पनि उल्लेख छ ।

Facebook Comments