काभ्रे,
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक (एसपी) भाग्येन्द्र पुरुष ढकालको सरुवा भएको छ । ढकाललाई प्रहरी प्रधान कार्यालयले साईबर ब्यूरो अपराध अनुसन्धान शाखा, भोटाहिटीमा सरुवा गरेको हो ।
ढकालको ठाउँमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी प्रमुख भएर प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्का आउनुहुनेछ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, प्रहरी शाखा पुल्चोकमा कार्यरत खड्का काभ्रेका प्रहरी प्रमुख भएर आउन लाग्नुभएको हो । प्रहरी प्रधान कार्यालयले एकैचोटि ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । सरुवा सूचीअनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् ।