बैशाख २७,
२०७८,काभ्रे/

कोरोना नियन्त्रण र उचित पुर्वाधारको विकास यथासिघ्र गर्न नेपाली काँग्रेस काभ्रेले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । जिल्ला पार्टी सचिव दिनेश लामाले आज एक विज्ञप्ति जारी गर्दै काभ्रे जिल्लामा कोरोना भाईरसको दोस्रो लहर नियन्त्रण बाहिर जान सक्ने तर्फ ध्यानाकर्षण गराएका हुन् ।

कोभिडका बिरामीले अस्पताल, आईसियू वेड, भेन्टीलेटरको अभावमा एम्बुलेन्समानै मृत्युवरण गर्नुपर्ने अवस्थामा पनि सरकार भ्रष्टाचार र कमीसनको खेलमा लिप्त रहेको, सत्ता जोगाउने तिकडममा लाग्नु अत्यन्तै घृणित भएको विज्ञप्तिमा भनिएको छ । जिल्लामा कोरोना संक्रमितले अस्पतालमा उपचार नपाएर मृत्यु हुनुपरेको कुरा अत्यन्तै दुःखद् भएको र यस्ता परिस्थितिको सामना गर्न अस्पतालहरुमा आवश्यक वेड, आईसियूस कक्ष र भेन्टिलेटरको व्यवस्था गर्न सम्बन्धित निकायलाई माग गरिएको छ ।

विज्ञाप्तिमा यस्तो महामारीको समयमा जमघट, बिवाह र प्रबन्धमा दिएको छुट उचित नभएको भनिएको छ । काँग्रेसले जिल्लाका १३ वाटै स्थानीय तहलाई कोरोना रोकथामको भरपर्दो कदम चाल्न पनि आग्रह गरेको छ । अत्यावश्यक सेवाको नाममा बढी रहेको आवतजावत र हेलचेक्र्याइको कडा रूपमा अनुगमन गर्न प्रशासनको काँग्रेस काभ्रेले ध्यानाकर्षण गराएको छ ।

Facebook Comments Box