Monday, January 12, 2026
Date
सोम, पुस २८, २०८२
Mon, January 12, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

जग्गा प्राप्तिका लागि काभ्रेमा तीन हजारभन्दा बढी भूमिहीनको निवेदन

RadioRoshi by RadioRoshi
शुक्रबार, फाल्गुन ११, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
जग्गा प्राप्तिका लागि काभ्रेमा तीन हजारभन्दा बढी भूमिहीनको निवेदन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेका छन् । सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न सार्वजनिक अपिल गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार एक सय ७३ जना भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबासीले जिल्लास्थित कार्यालयमा आवेदन गरेका हुन् ।
भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि निवेदन गरेअनुसार समितिले काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी गरिरहेको छ । पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेका नागरिकलाई निस्सा वितरण भइरहेको छ ।
समितिद्वारा गत माघ २५ गतेदेखि उक्त गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिरहेको र वडा नं १ र २ मा वितरण गर्न बाँकी रहेको समितिका सदस्य राम लामाले जानकारी दिनुभयो । उँहाको अनुसार समितिले जिल्लास्थित १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिकाबाहेकमा भूमिहीनको लगत प्रविष्टिकरणको काम भइरहेको छ ।
‘जिल्लाका अन्य १२ तहमध्ये खानीखोला गाउँपालिकाले सबै प्रक्रिया पूरा गरेकाले निस्सा वितरण थालिएको हो’, लामाले भन्नुभयो । उँहाले उक्त गाउँपालिकामा निस्सा वितरण सकिएपछि आयोगको मापदण्डअनुसार जग्गा वितरण प्रक्रिया थालिने बताउनुभयो । ‘रोशी र बेथानचोक गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाका भूमिहीनको लगत प्रविष्टिकरणको काम सकेर स्थानीयलाई भूमिहीनमा सूचीकृतका लागि सार्वजनिक सूचनामार्फत अपिल गरेका छौँ’, सदस्य लामाले भन्नुभयो ।
समितिका अनुसार जिल्लामा भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेकाको लागि जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत खानीखोलाबाट सुरु गरिएको हो । जग्गा उपलब्ध गराउनुपूर्व सम्बन्धित व्यक्तिलाई आयोगको प्रक्रियाअनुसार निस्सा वितरणकार्य थालिएको जनाइएको छ । जग्गा प्राप्तिका लागि स्थानीय नागरिकले गाउँपालिका कार्यालयमा दिएको निवेदनमा अन्य व्यक्तिबाट भएको दाबीविरोध नभएको र पीडित भएको प्रमाणितस्वरुप आयोगको मापदण्डअनुसार निस्सा दिइने लामाले बताउनुभयो ।
जिल्लामा पहिलोपटक खानीखोलाका भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ सदस्य वासुदेव हुमागाईँ र टेकबहादुर शाह तथा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलगायत सरोकारवालाद्वारा स्थानीय सहजीकरण समितिमा निस्सा वितरण तथा नक्सापास सुरु गर्ने निर्णय गरिएको हो । समितिका अनुसार उक्त गाउँपालिकामा तीन सय ७२ अव्यवस्थित बसोवासी, ४० सुकुम्बासी, दुई भूमिहीन दलित र दुई भूमिहीन सुकुम्बासीको बसोबास छ।
आयोगको जिल्लास्थित कार्यालयमा हालसम्म दलित भूमिहीन सुकुम्बासी एक सय २६, भूमिहीन सुकुम्बासी पाँच सय ३४ तथा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या तीन हजार एक सय ७३ जना रहेको तथ्यांक छ । उनीहरूले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेकाले समिति छानबिनको प्रक्रियामा रहेको जानकारी दिइएको छ ।–रासस

You might also like

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

Previous Post

प्राविधिक गडबडीपछि लुक्ला उडेको हेलिकोप्टर नौ मिनेटमै फिर्ता

Next Post

रोशीमा १३ गतेदेखि दादुरा–रुबेला बिरुद्धको खोप अभियान शुरु हुने

RadioRoshi

RadioRoshi

Related Posts

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

by RadioRoshi
शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

by RadioRoshi
बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

by RadioRoshi
बिहिबार, पुस २४, २०८२
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

by RadioRoshi
मङ्लबार, पुस २२, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

by RadioRoshi
बिहिबार, पुस १७, २०८२
Next Post
रोशीमा १३ गतेदेखि दादुरा–रुबेला बिरुद्धको खोप अभियान शुरु हुने

रोशीमा १३ गतेदेखि दादुरा–रुबेला बिरुद्धको खोप अभियान शुरु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

बेथानचोकका ३ विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तालिम

बेथानचोकका ३ विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तालिम

शनिबार, माघ ६, २०८०
रोशीका यी तीन संरचना जुन उद्घाटन अघि नै बगायो बाढीले

रोशीका यी तीन संरचना जुन उद्घाटन अघि नै बगायो बाढीले

बिहिबार, कार्तिक १, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

बिहिबार, पुस २४, २०८२
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान
विश्व

आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान

मङ्लबार, पुस २२, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

बिहिबार, पुस १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.