काभ्रे,रेडियो रोशी,
रोशी गाउँपालिकामा यहि फागुन १३ गतेबाट दादुरा–रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियान १७ गतेसम्म सञ्चालन हुनेछ । गाउँपालिकाले ९ महिनादेखि ५ वर्षसम्मका आफ्नो बालबालिकालाई दादुरा–रुबेला बिरुद्धको खोप लगाउनुहुँन अनुरोध गरेको छ । अभियान अनतर्गत ५ वर्षमुनिका बालबालिकालाई नियमित खोपमा छुट भएको अन्य खोपहरु पनि लगाईने भएको छ । गाउँपालिकाभित्र रहेका ५८ वटा खोप केन्द्रहरुमा लगेर आफ्नो बालबालिकालाई खोप लगाउन सकिने छ । विहान १० बजे देखि अपराह्न ४ बजेसम्म आफुलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई खोप लगाउन सकिने गाउँपालिका स्वास्थ्य शाखा संयोजक गंगालाल श्रेष्ठले जानकारी दिनुभयो ।