यश कुमार परियार–असोज १२,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिकाको व्यापारिक केन्द्र भकुण्डेबेसीमा मालवाहक टिपर नरोक्न व्यवसायी सहमत भएको एक साता नबित्दै त्यसको अवज्ञा भएको छ । नमोबुद्ध नगरपालिकामा गत मंगलबार बसेको नगरपालिका र ट्रिपर व्यवसायी, खानी एवं क्रसर उद्योगी तथा बजार क्षेत्रका सरोकारवालाहरुको बैठकमा व्यवसायीहरुले बजार क्षेत्रमा टिपर नरोक्ने प्रतिवद्धता जनाए पनि त्यसको कार्यन्यवय हुन सकेको छैन ।

बजार छेत्रमा दिउँसो देखिनै मालबाहक टिपर रोकेर बस्नाले सडक साँघुरीने त छदै छ, हाल महामारीको रुपमा फैलीएको नोभेल कोरोना भाईरसको जोखिम उत्तीकै छ । सरकारले काठमाडौं उपत्यकामा रातीमात्रै टिपर प्रवेशको व्यवस्था गरेसँगै विपी राजमार्ग हुँदै आउने सयौं टिपरहरु बजार क्षेत्रमा सडक छेउमा पार्किङ गरेर राख्ने गरेका छन् । यसले बजार क्षेत्रमा भीडभाडको अवस्था सिर्जना गरेसँगै त्यसलाई रोकथामका लागि नगरपालिकाले सरोकारवालाहरुको बैठक आह्वान गरेको थियो ।

बैठकले राती आठ बजेभन्दा अगाडि बजार क्षेत्रमा ट्रिपर प्रवेश नगर्ने, आठ बजे नै सम्वन्धीत स्थानबाट टिपर सञ्चालनका लागि सम्वन्धीत उद्योगले नै त्यसको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तर त्यसको अवज्ञा गर्दै दिउँसै देखि टिपरहरु आउने रसडक छेउछाउ पार्कीङ गरेर राख्ने गरेको स्थानियले बताएका छन् । बजार क्षेत्रमा पसल खुल्ला नै हुन्छ, टिपर चालक, सहचालकहरुको बजारमा भिड हुने र स्थानिय सँग घुलमिल हुने भएकाले कोरोना संक्रमणको जोखिम बढेको स्थानियहरुले बताए ।

Facebook Comments Box