यश कुमार परियार–असोज १७,
२०७७,काभ्रे/

काभ्रेमा आज (शनिबार) थप २६ जना नयाँ कोरोना भाईरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सम्म काभ्रेका विभिन्न पालिकाका २६ संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि हुनेमा धुलिखेल नगरपालिकाका ५ पुरुष र ३ महिला गरी ८ जना, पनौती नगरपालिकाबाट १ महिला र एक पुरुष गरि २ जना, बनेपा नगरपालिकाबाट ७ पुरुष र ५ महिला गरी १३ जना, पाँचखाल नगरपालिकाबाट १ पुरुष र १ महिला गरी २ जना, मण्डनदेउपुर नगरपालिका र चौँरीदेउराली गाउँपालिकाबाट १/१ जना पुरुष रहेका छन् ।

डा. झाका अनुसार आज कोहि पनि संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज भएका छैनन् । काभ्रेमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ४६ रहेको छ । ति मध्ये १ सय ५९ जना अस्पताल आईसोलेसनमा छन् भने ८७ जना होम आईसोलेसनमा छन् । काभ्रेमा हाल सम्म ११ जनाको मृत्यु भईसकेको छ । जसमध्ये २ पुरुष र २ महिला अन्य जिल्लाका हुन् ।

Facebook Comments