रोशी सहकर्मी–असोज २५,
२०७७,काभ्रे/

इलाका प्रहरी कार्यालय बनेपाले जिल्ला अदालत काभ्रेबाट कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाँय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ परेको छ । बेथानचोक गाउँपालिका वडा न ४ का २२ बर्षीय सुवास सुनारलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिकामा लुकीछिपी बसेको अवस्थाबाट पक्राउ गरेको हो ।

२०६९ कातिक ८ गते साविक चलाल गणेशस्थान गाविस वडा न २ निवासी १८ बर्षीय एन्जल तामाङलाई छुरा प्रहार गरी सुनारले हत्या गरेका थिए । उनलाई जिल्ला अदालत काभ्रेले २०७४ असार १४ गते कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाँय फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार बिक्रम थापाले फरार रहेका उनलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको जानकारी दिए । आइतबार जिल्ला अदालत काभ्रेपलाञ्चोकको आदेशमा प्रतिवादी सुनारलाई कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको प्रहरीले जनाएको छ ।

Facebook Comments