रोशी सहकर्मी–चैत्र १९,
२०७६,रामेछाप /

मंगलबार खाँडादेवी गाउँपालिका–१ माझी गाउँमा बलेरो गाडी दुर्घटनमा घाइते भएकाहरुलाई दोरम्बा गाउँपालिकाले उपचार खर्च दिने भएको छ । आज (बुधबार) बसेको गाउँ कार्यपालिकाको बैठकले घाइतेलाइ उपचार खर्च दिनुको साथै मृतृकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिकाले गम्भीर घाइते भएकालाई ३० हजार, मध्यम घाइतेहरुलाई २० हजार र मृतकको परिवारलाई १५ हजार राहत उलब्ध गराउने निर्णय गरेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए । बलेरो गाडीमा सवार ३३ जना मध्ये २४ जना घाइते भएका थिए । घाइते मध्य हाल धुलिखेल अस्पतालमा ११ जनाको उपचार भइरहेको छ भने बाँकी घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।
बलेरो गाडी दुर्घटनामा परी दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित भँडारका संगीता पहरी र गोपिलाल पहरीको निधन भएको थियो ।

Facebook Comments