काभ्रे,
इन्द्रावती नदी किनारमा हिजो साँझ फेला परेको शवको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले हिजो साँझ इन्द्रावती नदी किनारमा फेला परेको शव काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ ज्याम्दीका १३ वर्षीय दिलभ पराजुलीको शव रहेको पुष्टि गरेको हो । उनी यही चैत ५ गते साँझ ७ बजेतिर घरबाट निस्किएका थिए । त्यसपछि उनी सम्पर्कमा आएका थिएनन् ।
इन्द्रावती नदीमा माछा मार्ने क्रममा ठुल्डिहि पारिपटि जामुनेको दुईवटा भंगालोमा माझीले शव देखेर सिन्धुपाल्चोक प्रहरीलाई खबर गरेका थिए । पराजुली इन्द्रावती माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिए । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।