काभ्रे,
ललितपुरमा भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण गरीएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण गरिएको जानकारी दिनुभएको हो ।
विश्वसम्पदा दिवसको अवसरमा हिजो उँहाले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताउनुभएको छ । यसको संरक्षणका लागि महानगर सधैँ सक्रिय रहेको र वर्षौदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको उँहाले दाबी गर्नुभयो । विश्वसम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको उँहाको भनाई छ । यसको संरक्षणका लागि महानगर सधैँ सक्रिय रहेको र वर्षौंदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको बताउनुभयो ।
विश्वसम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको मेयर महर्जनको भनाई छ । विश्वसम्पदा दिवसकै सन्दर्भमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो ।