Saturday, July 11, 2026
Date
शनि, असार २७, २०८३
Sat, July 11, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी–१० अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा

RadioRoshi by RadioRoshi
बिहिबार, बैशाख १३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
रोशी–१० अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको छ । हिजो (बुधबार) गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भएको हो ।
उक्त घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले शिक्षामा संबैधानिक व्यबस्था कार्यन्वयनको अवस्थामा रहेको बताउनुभयो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा उल्लेख भएबमोजिम सरकारको तर्फबाट गर्नुपर्ने कुराहरू सरकारले गर्नुपर्ने र अभिभावकले गर्नुपर्ने कुराहरू अभिभावकले गर्नुपर्ने लामाले बताउनुभएको छ । ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा विविध कुराहरू उल्लेख गरिएको छ । बालबालिकाको पहुचमा विद्यालय नभएमा सरकारले व्यवस्था गर्नुपर्छ, गर्छ र अभिभावकले गर्नुपर्ने कुराहरुपनि अभिभावकले गर्नुपर्यो ।’ उँहाले भन्नुभयो ।

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण


जेठको तेस्रो सातासम्ममा गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने कार्यबिधी तय गरेर अगाडि बढेको उँहाकोे भनाइ छ । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणापश्चात् विद्यालयहरुले कुनैपनि बहानामा कुनैपनी शुल्क लिन नपाउने जोड दिनुभयो । ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू घोषणा भएको छ । आजकै दिनबाट कुनै पनि बहानामा बालबालिकालाई शुल्क लिन बन्द गरौ ।’ उहाले भन्नुभयोे, ‘बरु विद्यालय संचालनका लागि समस्या छ भने थोरबहुत हामी सहयोग गर्छौ ।’
समाज बिकासको ढोका शिक्षा भएको उँहाको भनाई छ । शिक्षा बिना समाज बिकास नबढ्ने बताउदै समाज बिकासको आधार नै शिक्षा भएको अध्यक्ष लामाले बताउनुभयो । त्यसैकारण शिक्षाको सुधारमा लाग्नु पर्ने उँहाको भनाइ छ ।
उपाध्यक्ष मिमबहादुर वाइबाले रोशीको कुनैपनी बालबालिका विद्यालय बाहिर हुनुनहुने बताउनुभयो । ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भएपछि कुनै पनि बालबालिका विद्यालय बाहिर रहेको देख्न नपरोस । सबै बालबालिका विद्यालयमा हुनुपर्छ ।’ उपाध्यक्ष वाइबाले भन्नुभयोे, ‘अभिभावकले पनि कुनै पनि बहानामा बालबालिका घरमा रोक्नु हुदैन ।’


प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार २०७६ सालदेखि २०८५ सालसम्ममा शिक्षालाई सवलीकरण गर्नको लागि नेपाल सरकारले सार्वजनिक शिक्षा सवलीकरण दर्शण घोषणा गरेको छ । संवैधानिक व्यवस्थामा अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था रहेको उँहाको भनाई छ । त्यसलाई कार्यान्वयनका लागि अनिवार्य तथा निःशुल्क शिक्षा लागु घोषणा गरेको तामाङले जानकारी दिनुभयो । ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिका अर्थात आधारभूत शिक्षा अनिवार्य र निशुल्क गर्नुपर्ने तामाङको भनाई छ । अनिवार्य तथा निःशुल्क शिक्षा लागुभएपछि पनि अबिभावकले आफ्नो बालबालिकालाई आधारभूत शिक्षा प्रदान नगरेमा राज्यबाट पाउने सेवा सुविधा (नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्र) नपाउने उँहाको भनाई छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ र राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताउनुभयो । सोही अनुसार रोशी गाउँपालिकाले पनि शिक्षा नीति २०८० पारित गरेको उँहाले बताउनुभयो ।
वडा नं. १० भित्र रहेका ५ वटा विद्यालयबाट समुदायमा सर्बोक्षण गरि सबै बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको एकिन गरेको थियो । सो वडाको ५ सय ४९ घरधुरीमा ६ सय ३५ बलबलिका रहेकोमा सबै विद्यालय जानेगरेको सर्वोक्षणले देखाएको छ । जसमा ४ देखि १३ बर्षसम्मका ४६७ जना र ० देखि ४ बर्षसम्मका १६८ जना बालबालिका रहेका छन् ।
कार्यक्रममा गाउँपालिका शिक्षा शाखा अधिकृत भिम भट्टराई, पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेस रोशी गाउँपालिका समितिका सभापति दुधराज लामा लगायतले अनिवार्य तथा निःशुल्क शिक्षा आजको आवश्यकता आंैल्याउनुभएको छ ।


उक्त घोषणा कार्यक्रम वडा नं. १० का वडाध्यक्ष विकेन लामाको सभापतित्वमा भएको कार्यक्रममा रोशी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, अविभावक, विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, बाल क्लवका प्रतिनिधिहरू लगायत शिक्षामा सरोकार राख्ने व्यक्तिहरूको उपस्थितीमा हस्ताक्षर गरेर घोषणा गरेका थिए ।

Previous Post

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

Next Post

नयाँ सदस्यता दिन माग गर्दै जिल्लाका कृयाशिल सञ्चारकर्मीले बुझाए ज्ञापनपत्र

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
नयाँ सदस्यता दिन माग गर्दै जिल्लाका कृयाशिल सञ्चारकर्मीले बुझाए ज्ञापनपत्र

नयाँ सदस्यता दिन माग गर्दै जिल्लाका कृयाशिल सञ्चारकर्मीले बुझाए ज्ञापनपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीको सुत्केरी महिलाहरुसँग स्वास्थ्यकर्मीको घरभेट गर्ने भावी कार्यक्रम

रोशीको सुत्केरी महिलाहरुसँग स्वास्थ्यकर्मीको घरभेट गर्ने भावी कार्यक्रम

बिहिबार, माघ ५, २०७९
एकल महिला,वृद्धा तथा दलित समुदायका महिला विभेद र लाञ्छनाबाट मुक्त भएनन्

एकल महिला,वृद्धा तथा दलित समुदायका महिला विभेद र लाञ्छनाबाट मुक्त भएनन्

शुक्रबार, पुस ८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.