मंसिर १३,
२०७७,पनौती/

बीपी बिचार समाज पनौतीले वडा वडामा पुगेर संगठन विस्तारलाई तीव्रता दिएको छ । समाजले वडा न ८ मा आज नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा वडा समिति गठन गरेको हो ।
श्यामकुमार मग्रातीको संयोजकत्वमा वडा समिति गठन गरिएको बीपी बिचार समाज पनौतीका संयोजक प्रल्लाद केसीले जानकारी दिनुभयो । केसीका अनुसार समितिको सहसंयोजकमा चन्द्रकला थापा, सचिवमा रामसन्दुर केसी, सहसचिवमा राधिका घिमिरे र कोषध्यक्षमा सीता लंगुन चयन हुनुभएको छ । त्यस्तै सदस्यमा सरु नेपाल, तारा सञ्जेल, सावित्री नेपाली, संगीता भारती, श्याम महाजू, मणि केसी, विश्व नारायण,आरती बजगाई र पार्वती बन्जारा रहनुभएको छ ।

समिति गठन कार्यक्रममा नेपाली काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्यले बीपीको बिचारबाट नै समाजको रुपान्तरण गर्न सक्ने भएकाले यसलाई गाउँगाउँ सम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रमा बीपी विचार समाज पनौतीका अध्यक्ष प्रल्लाद केसी, उपाध्यक्ष सुमित्रा बन्जारा, राघवसिंह थापा, भोला थापा लगायतले बीपी समाजको बारेमा मन्तव्य राख्नुभएको थियो । पनौतीका वडा न ५ र ७ मा समिति गठन भइसकेको अन्य बाँकी रहेका वडामा पनि तत्काल गठन गर्ने समितिले जनाएको छ ।

Facebook Comments