मंसिर १४,
२०७७,काभ्रे/

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले एक कार्यक्रमका बीच आज भुम्लु गाउँपालिकाको फलाटेमा निर्मित प्रहरी चौकी भवन उद्घाटन गरेका छन । बागमती पदेश सरकारको आर्थिक सहयोगमा निर्मित भवन दुई करोड ३१ लाख ७० हजार ७२२ रुपियाँमा निर्माण सम्पन्न भएको थियो ।

बागमती प्रदेश सरकारले एक अर्ब १३ करोड रुपियाँको लागतमा १० जिल्लाका ४७ प्रहरी भवन निर्माण अगाडि बढाएको उदघाटन कार्याक्रममा मन्त्री जम्कट्टेलले जानकारी दिए । कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले शान्ती सुरक्षा बिना विकास असम्भव रहेको बताए । उनले मुलुकलाई सुशासन, समृद्धि र विकास गर्न शान्ती सुरक्षालाई प्रदेश सरकारले प्राथमिकता दिन बताए । उनले विकाससँग शान्ती सुरक्षा जोडिने भन्दै त्यसका लागि प्रदेश सरकारले सुदृढ र सक्षम प्रहरी निर्माणका जोड्दिदै आएको जानकारी दिए

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य लक्ष्मण लम्साल, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँबर, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख बसन्तकुमार लामा लगायतले शान्ती सुरक्षाका लागि भौतिक संरचना निर्माण महत्वपूर्ण भएकाले प्रदेश सरकारको उक्त कदम उपयुक्त भएको बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले बागमती प्रदेश सरकारको सहयोगमा छ प्रहरी चौकी र दुई इलाका प्रहरी कार्यालय बनिरहेको जानकारी दिए । उनले फलाटे निर्माण सम्पन्न भएको र अन्य बाँकी एक दुई महिना मै निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने चरणमा रहेको बताए ।

प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखाका प्रहरी निरीक्षक बिमलादेबी श्रेष्ठले फलाटे प्रहरीचौकी दुई करोड ३१ लाख ७० हजार रुपियाँमा निर्माण सम्पन्न भएको जानकारी दिइन । कार्यक्रममा जग्गा उपलब्ध गराउने तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई मन्त्री जम्कट्टेलले प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।

Facebook Comments