मंसिर १५,
२०७७,काभ्रे/

रोशी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले गाउँपालिका भित्रका ४० जना कृषकलाई टिम्मुर, तेजपत्ता, कुरिलो वितरण गरेको छ । कार्यलयले पालिकाको वडा नं १ देखि १२ सम्मको ४० जना कृषकहरुलाई समेट्ने गरी उक्त सामग्री वितरण गरिएको कृषि तथा पशु शाखाको प्रमुख रघुनी शाहले जानकारी दिए ।

साथै गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा उक्त विरुवा रोपेर उत्पादन वृद्धिको निम्ति कृषकहरुलाई तालिम पनि प्रदान गरिएको थियो । तालिमका प्रशिक्षक शिलानी देवी ग्रीन आइज नेपालका डाइरेक्टर प्रशिद्ध कटेलले सहजीकरण गरेको शाहले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष डि.वि. लामा, निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङ, प्रशासन अधिकृत धनवीर लामा लगायत शाखाका अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

Facebook Comments