मंसिर १९,
२०७७,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गा माया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल, विभिन्न वडाका अध्यक्षको उपस्थितिमा पालिका स्तरिय अन्र्तरक्रिया कार्यक्रम गरी अभियानको समापन गरिएको हो ।

‘लैङिगक अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ पालिकामा अभियानको सुरुको दिनदेखी नै विभिन्न कार्यक्रम गरिदैँ आएको थियो । पालिकाका उपाध्यक्ष दुर्गा माया तामाङका अनुसार चालु आर्थिक बर्षमा लैङ्गिक हिंसा अन्त्यको लागि २ लाख रुपैँया बजेट विनियोजन भएको थियो, जसमध्ये १ लाख रुपैँया अभियानमा खर्च भएको छ ।

चालु आर्थिक बर्षमा पालिका भित्र अन्य अन्तर्क्रिया कार्यक्रम, तालिम र जनचेतनामूलक कार्यक्रमको समेत आयोजना हुने उनको भनाई छ । यस १६ दिने अभियानको समापन भएपनि वडा स्तरिय कार्यक्रम भने जारी नै रहने उनले जानकारी दिईन् ।

Facebook Comments Box