पुस १०,
२०७७,काभ्रे/

मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमा काभ्रेबाट दुई जना प्रदेश सांसदहरुले हस्ताक्षर गरेका छन् । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने काभ्रेका सांसदहरुमा प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा १ का सांसद रत्न ढकाल र प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा १ का लक्ष्मण लम्साल हुन् । काभ्रेबाट निर्वाचित ५ प्रदेश सांसद मध्ये अहिले २ सांसद प्रचण्ड–नेपाल समुहमा खुलेर लागेका हुन् । यसमा ढकाल पुष्पकमल दाहाल प्रचण्ड पक्षका र लम्साल माधवकुमार नेपाल पक्षका हुन् ।

प्रदेशसभा सदस्य लम्सालका अनुसार ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । यसैबीच बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

Facebook Comments