पुस १३,
२०७७,रामेछाप/

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रामेछापले संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, जनमत र देशको हित विपरित संसद विघटन गरेको भन्दै त्यसको विरोधमा कांग्रेसले सदरमुकाम मन्थलीमा प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि मन्थलीस्थित देवकोटा चोकमा भएको कोणसभामा कांग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने, पूर्वसभापति रामचन्द्र खड्का लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान , जनमत र देशको हित विपरित संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताए ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्धका एकजुट भएर लाग्न नेता तथा कार्यकर्ताहरुलाई उहाँहरुले आग्रह गर्नुभयो । यसैबिच संसद विघटनका विरुद्धमा दैनिक रुपमा भैरहेको प्रदर्शनलाई ध्यानमा राखेर जिल्लाको सुरक्षा व्यवस्थालाई थप कडाई बनाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।

Facebook Comments Box