पुस २७,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको भकुण्डेबेशीमा रहेको ग्रामिण पाठशाला एजुकेशन फाउण्डेसनले तेश्रो बार्षिक उत्सव मनाएको छ । विद्यालयका विद्यालयका संस्थापक प्राचार्य विदुर शर्मा भण्डारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाईराजा श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

शिक्षकहरुको तर्फबाट पुष्पा पौडेल र विद्यार्थीको तर्फबाट माल्विका दाहालले स्वागत मन्तव्य राखेका थिए । नमोबुद्ध २ भकुण्डेमा रहेको यस विद्यालयले तेश्रो वार्षिक उत्सव सँगै दोश्रो अभिभावक दिवस पनि सम्पन्न गरेको छ । प्रतिमा हुमागाई, सबिना दुलाल, विवेक खरेल र प्राप्ती तामाङले स्वागत गीत गाएर अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु र सन्देशूलक नाटक प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समिती सदस्यहरु राधाकृष्ण अधिकारी, लिना श्रेष्ठको उपस्तिथि रहेको कार्यक्रमका संचालन विद्यालयका शिक्षक मोहन खड्काले गरेका थिए ।

Facebook Comments