माघ १०,
२०७७,काभ्रे/

विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेको २८ औँ स्थापना दिवसको अवरसमा काभ्रे जिल्लाको भकुण्डेवेशीमा आयोजित निशुल्क दन्त परिक्षण शिविरमा १ सय ४६ जनाले सेवा लिएका छन् । सहकारीको स्थापना दिवस पारी प्रिमियर डेन्टल क्लिनिकको भकुण्डे शाखा शुभारम्भको अवसरमा यस शिविर आयोजना गरिएको सहकारीका म्यानेजर राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

हालै भकुण्डेवेशीमा प्रिमियर डेन्टल क्लिनिकको शाखा स्थापनाको अवसरमा निशुल्क दन्त परिक्षण गरिएको बताइएको छ । शिविरमा प्राविधिक सहयोग प्रिमियर डेन्टलले गरेको थियो भने स्माईल केयर फार्मेसीले सहकार्य गरेको थियो । शिविरमा भाग लिएकाहरुलाई निशुल्क औषधी र मञ्जन पनि वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

Facebook Comments