काभ्रे,
काभ्रे जिल्लाको बनेपामा मादक पदार्थ सेवन पछि भनाभन हुँदा एक्कासि बन्चरो प्रहार भएको छ । हिजो साउन २ गते बेलुकी बनेपा नगरपालिका वडा नम्बर १२ जन्ते ढुङ्गाका बर्ष १७ गोपाल तामाङ माथि बन्चरो प्रहार भएको हो । बन्चरो प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खानीखोला गाउँपालिका वडा नम्बर १ घरभई हाल पनौती नगरपालिका वडा नम्बर ४ मा डेरा गरी बस्दै आएका १६ बर्षीय फुच्चे तामाङ, १५ बर्षीय पन्चे तामाङ र १५ बर्षीय सुबास तामाङ रहेका छन् ।
घाईतेको बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपा पठाएको छ । गोपालको अवस्था गम्भीर रहेको बताइएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ ।