फागुन १०,
२०७७,सिन्धुपाल्चोक/

आज बाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक साता देखि बन्दनाका खुलेसँगै अब व्यवसायीहरुले चाहे जति सामान तातोपानी नाकाबाट भित्¥याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

आज बाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामानलिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । माघ ३० गते शुक्रबारबाट बन्द भएको नाका आज देखि पुनः सञ्चालनमा आएको खत्रीले जानकारी दिनुभयो ।

नाका खुलेसँगै अब नेपाल भित्रिने कन्टेनरको कोटा पनि हटेको खत्रीले बताउनुभयो ।

Facebook Comments Box