काभ्रे,
प्रि–मनसुन सुरु भइसकेकाले सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । मार्चदेखि मे महिनासम्म जारी रहने प्रि–मनसुनमा दिउँसोपख मेघगर्जन÷चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ । चट्याङ पर्ने समयमा दिउँसो तथा बेलुकापख काम गर्दा, हिडडुल गर्दा सचेत हुन र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञहरूको सुझाव छ ।
गएको वैशाखदेखि हालसम्म चट्याङका २ सय ३६ वटा घटना भएकामा ८० जनाको मृत्यु भएको छ । भने २ सयभन्दा धेरै घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख भएको छ ।