फागुन १४,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको पनौती नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दोहोरी प्रतियोगिता आयोजना गर्नभएको छ ।
मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाको महिला विकास शाखा मार्फत दोहोरी गीतको प्रतियोगिता गर्न लागेको नगरपालिकाले जनाएको छ ।

प्रत्येक समुहलाई समय अबधी २० मिनेट हुने र प्रतियोगीतामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने समुहहरुलाई पुरस्कारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

पनौती नगर क्षेत्रका सहकारीको पत्र मार्फत प्रतियोगितामा सहगाी हुनपर्ने पालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद वाग्लेले जानकारी दिए । ३ देखी ५ जनाको समुहमा रहने प्रतियोगिहरुले गीत शब्द चयन लैङ्गीक हिंसा र महिला अधिकार सम्बन्धी हुनु पर्ने बताईएको छ ।

Facebook Comments Box