रोशी सहकर्मी–असार २७,
२०७७,काभ्रे/

जिल्लाको पनौती नगरपालिकाको दुई वडा शिल गरिएको छ । वडा नं २ कुशादेवी र वडा नं ९ सुन्थान शिल गरिएको नगरपालिकाले सूचना जारी गरेका छन् ।

शिल गरिएको वडाहरुमा कुनैपनि आवतजावतमा बन्द गरिएको सूचनामा उल्लेख छ । तरकारी, दुध ओसरपसरमा समेत रोक लगाएको छ । अति आवश्यकता एम्बुलेन्स बाहेकका सबै हिडडुलमा रोक लगाएको छ ।

सय परिस्थितीमा वडामा संक्रमणको उच्च जोखिममा रहेको भन्दै सबैलाई घर घरमा सेफ क्वारेन्टाईनमा बसेर सहयोग गर्न अगनरपालिकाले अपिल गरेको छ । वडा नं २ कुशादेवीका एक ४९ बर्षिया महिलामा काठमण्डौको पिसीआर चेक गरिदा कोरोना पुष्टि भएको थियो उनि बैदेशिक रोजगारीबाट आएका ब्यक्ति होईन । सर्पले टोकेको उपचारको लागि काठमण्डौ पुग्दा उनको पिसीआर टेकु अस्पतालमा गरिएको थियो ।

घर समुदायमै बसिरहेका महिलामा कोरोना देखिए संगै आसपास सबै बस्तीहरुमा नगरपालिकाले सूचना निकालेर शिल गरिएको हो । अर्को वडा नं ९ सुन्थानको एक बैदेशिक रोजगारीबाट फर्केका युवामा कोरोना देखिएपछि वडा शिल गरिएको छ । उनि कोरिया बाट १६ दिन अघि पनौती वडा नं ९ सुन्थान आईपुुगेका थिए । पनौती नगरपालिकामा कोरोना संक्रमितको संख्य तीन पुगेको छ । केहि महिना अघि पनौती ८ मल्पीका एक महिलामा कारोना संक्रमन देखिएको थियो । उनि उपचार पछि घर फर्किसकेकाछन् ।

Facebook Comments Box