फागुन १४,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा अब ४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार आज २ जना कोरोना संक्रमित निको भएसँगै काभ्रेमा अब २ जना महिला र २ जान पुरुष गरि ४ जनामात्रै संक्रमित रहेको हो । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्इ प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार अहिले जिल्लामा नयाँ संक्रमित थपिएका छैनन् ।

हाल सम्म जिल्लामा ३ हजार ३ सय ५० जनामा भाईरसको संक्रमण पुष्टि भईसकेको छ । ४५ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ । काभ्रेमा कोरोना भाईरस बिरुद्ध पहिलो चारणको खोप अभियानमा ६ हजार ७ सय ८९ जनाले खोप लगाएका छन् ।

Facebook Comments Box