काभ्रे,
नेपालमा प्रत्येक घण्टामा ४ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थ सेवनबाट स्वास्थ्यमा परेको असरबारे विगत ३० वर्षको तथ्यांक संकलन र विश्लेषण गरी सुझावसहित तयार पारेको ‘हेल्थ इम्प्याक्ट अफ टोब्याको इन नेपाल’ नामक अनुसन्धानात्मक प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरिएको छ ।
प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष धुम्रपानबाट ३७ हजार ५ सय २९ जनाको मृत्यु हुने गरेको छ भने विगत ३० वर्षमा धुम्रपानबाट हुने मृत्युमा ६० प्रतिशतले वृद्धि भएको छ ।