काभ्रे,
काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले बिग्रीएका सडक मर्मत संभारको लागि सबै वडामा JCB परिचालन गरेको छ। नगरपालिकाको असोज ११ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार ‘दशैं यात्रा’ सजिलो र सुरक्षित होस् भन्ने उद्देश्यले दशैंलाई लक्षित गरि पालिकाको सबै वडाको सडकहरु मर्मत संभार गर्न लागेको मण्डनदेउपुर नगरपालिकाको पुर्बाधार समितीका सभापति एवं वडा नं ६ का वडा अध्यक्ष सोम प्रसाद ढकाल(कुमार)ले जानकारी दिनुभएको छ ।
JCB थोरै भएको हुँदा सबै वडामा पुग्न केही समय लाग्ने मण्डनदेउपुर नगरपालिकाको पुर्बाधार समितीका सभापति एवं वडा नं ६ का वडा अध्यक्ष सोम प्रसाद ढकाल(कुमार)ले जानकारि दिनुभएको छ ।