फागुन १५
२०७७,काभ्रे


राजन प्रसाद दाहाल
नेपाल प्रेस युनियनको आयोजनामा स्व उर्मिला सापकोटाको ११ औ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । २०६६ सालमा अध्ययनका लागि ललितपुको गोटिखेल जाने क्रममा उनको सवारी दुर्घटनामा परि निधन भएको थियो । उनको स्मृतिमा परिवारका तर्फबाट ९ वर्ष अघि १ लाख रूपैयाको अक्षयकोषको स्थापना गरेको थियो । अक्षयकोषबाट हरेक वर्ष डाँडापारी क्षेत्रका समस्याका विषयहरू माथि कलम चलाउने एक जना पत्रकारलाई सम्मान गर्ने गरिएको छ । पछिल्लो २ वर्ष सम्मान कार्यक्रम नगरी पुण्य तिथिको अवसर पारेर युनियनले सम्झनाका कार्यक्रम मात्रै गर्दै आएको छ । श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघ तथा प्रेस युनियन काभ्रे शाखाका पूर्व अध्यक्ष नारायण सापकोटाले स्थापित कोषकोमर्मबमोजिम कार्यहुन नसकेको बताएका थिए । नेतृत्वको असक्षमताका कारण कोषको संरक्षणका लागि थप कार्य गर्न आवस्यक रहेको बताएका थिए । अर्का पुर्व अध्यक्ष महेश पौडेलले नेतृत्वको कमजोरीकै कारण कोष उद्येश्यबमोजिम संचालन हुन नसकेको बताउँदै सबैको साथ सहयोगले व्यवस्थित गर्नु पर्ने बताएका थिए ।कार्यक्रमका सभापति समेत रहेका प्रेस युनियन जिल्ला अध्यक्ष कपिल कोइरालाले कोषको मर्म अनुसार कार्य हुन नसकेको स्विकार्दै आफुलाई कममा बाधा सृजना भएको गुनासो गरे । गत वर्ष र यो वर्षको गरि २ वर्षको पुरस्कार वितरणका लागि छनोट समितिले २ जनाको नाम सिफारिस गरेको भए पनि युनियन अध्यक्षले पछिल्लो समयमा पुरस्कार वितरण गर्न नसकिने भन्दै स्थगन गरेको परिवारको गुनासो छ । परिवारको तर्फबाट सहज वातावरण सृजना गर्दा गर्दै नेतृत्वको असक्षमताका कारण पुरस्कार स्थगन हुन पुगेको सापकोटाका दाजु नवराज सापकोटाले गुनासो गरे ।

Facebook Comments Box