फागुन १६,
२०७७,काभ्रे/

जिल्ला सहकारी संघ लि. काभ्रेले सहकारी अभियानलाई अगाडि बढाउन जिल्लामा रहेका सहकारी संस्थाहरु समेतलाई सहभागिता गराई सल्लाहाकार तथा विभिन्न १० वटा उप समितिहरु निर्माण गरी त्यसलाई पूर्णता दिएको छ ।
जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. का उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रत्येक उप समतिमा ५ जना रहने गरी निर्माण गरेको उक्त कार्यक्रममा जिल्ला सहकारी संघमा आगामी ४ बर्षका लागि ४ जना सल्लाहाकारहरुलाई पनि मनोनयन गरेको छ । जसमा टिकाबल्लभ सापकोटा, मुकुन्दप्रसाद दाहाल, बिनोद पराजुली र रेणुका चौंलागाई रहेका छन् ।

विभिन्न उप समितिहरुमा अनुगमन तथा मूल्यांकन, सूचना सञ्चार तथा प्रकाशन, स्रोत परिचलान तथा अन्तरलागनी, शिक्षा तथा तालिम व्यवस्थापन, यूवा समन्वय, सहकारी व्यवसाय प्रवद्र्धन तथा सीप विकास, कृषि तथा व्यवसाय प्रवद्र्धन, महिला विकास, सामूदायिक विकास तथा अतिरि।क्त क्रियाकलाप सहित सहकारी नीति निर्माण उप समिति गरी १० वटा विभिन्न उप समितिहरु निर्माण भएको हो ।

कार्यक्रममा मनोनयन भएका उप समितिका सदस्यहरुलाई राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले शपथ ग्रहण गराएका थिए ।

Facebook Comments Box