फागुन २३,
२०७७,काभ्रे/

ललितपुर जिल्लाको महान्काल गाउँपालिकाले आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । सोहि अवसरमा काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका र महान्काल गाउँपालिका बिच अन्तर स्थानीय तह समन्वय तथा सहकार्य सम्बन्धि अन्तर्क्रिया तथा छलफल कार्यक्रम बेथानचोक गाउँकार्यपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

महान्काल गाउँपालिकाको आयोजना तथा बेथानचोक गाउँपालिकाको समन्वय र सहकार्यमा संचालित कार्यक्रम बाट आपसी हितका सडक स्तरउन्नति, पर्यटन र अन्य महत्वपुर्ण विषयहरुमा अन्तर्क्रिया र छलफल गरि प्रस्तावहरु राखी निर्णयहरु गरिएको थियो ।

अन्तरकृया तथा छलफल कार्यक्रम बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा महान्काल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालको संयुक्त अध्यक्षतामा तथा बेथानचोक गाउँपाकिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र महान्काल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद पान्डेको संयुक्त उद्घोषणमा संचालन गरिएको हो । कार्यक्रममा महान्काल गाउँपालिका उपाध्यक्ष लगाएत वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु र कर्मचारी साथै बेथानचोक गाउँपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महान्काल गाउँपालिका तर्फबाट उपाध्यक्ष कमला लामा तामाङ र बेथानचोक गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भन्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा महान्काल गाउँपालिका–६ ठुला दुर्लुङका वडा अध्यक्षले अन्तरकृया तथा छलफल कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए ।

Facebook Comments Box