
फागुन २३,
२०७७,काभ्रे/
जिल्लाको तेमाल गाउँपालिका वडा नं ८ बाट सुरु भएको कोरोना विरुद्धको खोप कार्यक्रम अन्तर्गत १ सय १९ जनाले खोप लगाएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकले दिएको जानकारी अनुसार मेच्छे स्वास्थ्य चौकीमा संचालित खोप अभियानमा वडा भित्रका ६५ वर्ष माथिका १ सय १९ जना जेष्ठ नागरिकले खोप लगाएका हुन् ।
खोप कार्यक्रमको तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले उद्घाटन गरेका थिए । सरकारले दोश्रो चरणको कोरोना विरुद्धको खोप कार्यक्रम आज (आईतबार) बाट देशैभर सुरु गरेको छ ।
सरकारले दोश्रो चरणको खोप अभियानमा ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेको छ । कार्यक्रममा वडा नं ८ का अध्यक्ष लक्ष्मी बहादुर घिसिङ, स्वास्थ्य चौकीका डा. डा. सुजन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।